राजनीति

"नेपाल तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र परेको छ"

प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र परेको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “मुलुकले तीव्ररूपमा विकास गरिरहको छ, देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, लगातार तीन ६.५ आथिक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।”

प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्र्रतिशत गरीबीमा झरेको बताउनुभयो । उहाँले प्रदेशको आर्थिक विकास समान खालको भएको जानकारी गराउनुभयो ।

“सामाजिक सुरक्षा कार्यक्रम गरीबी घटाउन सहयोग पुगेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “समग्रमा आर्थिक विकास नै बढेको छ, श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएको अवस्था छ ।” उहाँले श्रम बजारमा नयाँ रोजगारीमा आएका बेरोजगार हुुनुपर्ने अवस्था नआएको स्पष्ट पार्नुभयो ।

श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले बलियो जगमा उभिएको सरकारले अल्पकालीन र दीर्घकालीन विकास आरोहण वर्षका रुपमा यो वर्षलाई लिएर ७६१ वटा सरकार सञ्चालन भइरहेको बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बहुचर्चित ललिता निवास अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीहरुसहित १७५ जनाबिरुद्ध मुद्दा दायर गरेपछि भएको आलोचनाका विषयमा लामो टिप्पणी गर्नुभयाृ ।

सो प्रकरणमा प्रधानमन्त्री ओलीको भनाई यस्तो थियो-

बालुवाटारस्थित ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध मैले नै एउटा छानविन समिति बनाएँ । समिति बन्नुअघि र त्यसको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि सर्वत्र शान्ति देखिन्थ्यो । त्यसपछिका प्रतिक्रियाहरु रमाइला देखिए, सुनिए । ललितानिवास र प्रधानमन्त्री निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो गरेर त्यस्तो भान पर्ने गरी बालुवाटार काण्डलाई प्रचारप्रसार र आक्रमणको कारण बनाइयो । लुटिएको जग्गा फिर्ता ल्याउने मेरैको कैफियत छ कि जसरी प्रचार प्रसार गरियो ।

यस सन्दर्भमा केही साथीहरुको भूमिका एउटा चिनियाँ लोककथासँग मिल्दोजुल्दो जस्तो लाग्छ । त्यो लोककथामा एक जना ड्रागन मन पराउने मान्छे थियो । र, उसले घरको भित्ताभरी जतासुकै ड्रागनका चित्र लेख्थ्यो, ड्रागनको प्रार्थना गथ्र्यो, ड्रागनको प्रशंसा गथ्र्यो । उसको प्रशंसा र भक्तिभाव देखेर ड्रागन प्रशन्न भयो र एकदिन ड्रागन प्रकट भयो । विचराको भागारेभाग ड्रागन देख्दा । मलाई त्यस्तै लाग्छ जब ड्रागन आउन थाल्यो, समस्या बेग्दै देख्यो ।

ललितानिवास प्रकरणमा समितिले प्रतिवेदन दियो, त्यसलाई आवश्यक कारबाहीका लागि सरकारले संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । आयोगले छानविन गरुन्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तोजित पार्ने गरी खोई त कारबाही भनिरह्यो । यो श्रृखला आरोपितविरुद्ध मुद्दा दायर हुने दिनसम्मै चलिरह्यो । छानविनको समयमा होस् वा त्यसपछि सरकारले छानविन गर्ने निकायलाई सहयोग गरिरह्यो । आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया ड्रागन प्रेमी युवाको जस्तै भयो ।

एउटा गीत सम्झिन्छु म, ‘खाउन दाग देखायो, किन रुवाबासी ….।’ मेरो भनाइ यत्ति छ, भद्रगोलस्थित र प्रणालीविहीन अवस्थामा लडखडाइरहेको मुलुकलाई ट्र्याकमा ल्याउन हामी सबै संयम र सहयोगी बनौं । आरोपीहरु न्यायालयले फैसला नगरेसम्म दोषी हुन्नन् । हाम्रो लोकतन्त्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीच स्वतन्त्र र अन्तर सम्वन्धित सन्तुलन र नियन्त्रणको व्यवस्था यसै कारण गरिएको हो । संवैधानिक आयोगहरु हाम्रो लोकतन्त्रलाई स्वच्छ राख्न निर्मित स्वायत्त संस्था हुन्, तिनीहरु बलियो हुँदा प्रणाली दुरुस्त हुन्छ । प्रणाली दुरुस्त हुँदा लाइनमा नबसी टुंगोमा पुग्न पल्किएकाहरु बाहेक सबैलाई लाभ हुन्छ । म स्पष्ट पार्न चाहन्छु, सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही छैन र हुँदैन । आग्रह र पूर्वाग्रह वेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोवडी लगायतका विभिन्न प्रकरणको निश्पक्ष छानविन हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.