प्रबास

अस्ट्रेलियामा धरान निवासी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार

अस्ट्रेलियामा एक नेपाली छुरा प्रहारबाट घाइते भएकी छिन् । डेढ वर्षअघि अस्ट्रेलिया आएकी धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो ।

क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले गरेको छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको छ ।

प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ ।

ती युवतीको घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ । सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेका थिए । घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.