राजनीति

भागरथीकी आमालाई काँग्रेसको दियो दुई लाख आर्थिक सहयोग

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टकी आमा द्रोपती भट्टलाई रु दुई लाख नगद सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसले हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आइतबार घटनाको बारेमा स्थलगत अवलोकनपछि कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम मृतककी आमालाई हस्तान्तरण गर्नुभएको हो ।

लेखकले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिनुभएको छ । पूर्वमन्त्री रमेश लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उहाँले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताउनुभयो ।

नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहनुभएका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिनुभएको थियो । डीआइजी सुवेदीले अनुसन्धान साघुरिँदै गएकोले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभयो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । भागरथीको न्यायका लागि बैतडीमा आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन् । हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै बैतडीमा आँखामा पट्टी बाँधेर तथा हातमा मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ । भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.