विश्व समाचार

क्यानडाका प्रधानमन्त्रीद्वारा इतिहासमै दोस्रो कडा आदेश जारी

क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ ।

प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नु भएको हो ।

ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन् । ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन शुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गर्नु भएको थियो । त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गर्नु भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.