जापान

जापानमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

१९ महिनामा १० लाख संक्रमित हुँदा ६ महिनाको अवधिमा ३० लाख बढी संक्रमित

जापानमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख बढी पुगेको छ । जापानमा करीब आधा वर्षमा मात्रै ओमिक्रोन भेरियन्टबाट ३० लाख बढी संक्रमित भएका छन् । जापानमा कोरोना भाइरस संक्रमण सुरु भएपछि १९ महिनामा संक्रमितको संख्या १० लाख पुगेको थियो ।

तर, पछिल्लो भेरियन्ट सुरु भएपछि २० लाख पुग्न साँढे पाँच महिना लागेको थियो भने ३० लाख पुग्न दुई साता र ४० लाख पुग्न मात्र १२ दिन लागेको थियो ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार गत सातासम्म ५ लाख ४३ हजार ४५ जना संक्रमित घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । एक हप्ताको बीचमा घरमै उपचार गराउने संक्रमितको संख्यामा १ लाख भन्दा बढीले वृद्धि भएको छ ।

सबैभन्दा बढी संक्रमित राजधानी टोकियोमा रहेका छन् । त्यहाँ ८१ हजार ३ सय ६३ जना उपचाररत छन् भने कानागावामा ६३ हजार १ सय ५ र ओसाकामा ४४ हजार ६ सय ८६ रहेका छन् ।

यसैबीच राजधानी टोकियोमा मंगबार थप १५ हजार ५ य २५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या विगत एक सातायता निरन्तर घट्दो क्रमको निरन्तरता हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.