जापान

जनकल्याणकारी संस्था जापानमा नयाँ नेतृत्व

जनकल्याणकारी संस्था जापानमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार साइतामामा सम्पन्न संस्थाको चौंथो अधिवेशनले ऋषिराम सापकोटाको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अन्य छ जना सदस्य मनोतित गरिने बताइएको छ। अधिवेशनले उपाध्यक्षहरुममा कृष्ण खरेल, मेघनाथ खरेल (मुकुन्द) र प्रिन्सेस खरेललाई चयन गरेको छ भने तेजप्रसाद खरेल सचिवमा चुनिनुभएको छ ।

यसै गरी सहसचिव कमल लामिछाने (प्रकाश), कोषाध्यक्ष केशव सापकोटा, सह कोषाध्यक्ष सोभा घिमिरे, प्रवक्तामा ध्रुव कँडेल रअक्षयकोष सम्योजकमा टंक लामिछाने चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कमल सापकोटा, रमा सापकोटा, ऋषीराम घिमिरे, यज्ञमुर्ति खरेल, सञ्जु सापकोटा, भक्तबहादुर घर्ती, आनन्द सुवेदी, पूर्णबहादुर जिसी, बिष्णु सापकोटा, घनश्याम कँडेल (नविन) लगायतत निर्वाचित हुनुभएको छ।

संस्थाको अधिवेशनबाट गुल्मी जिल्ला प्रतिनिधि नारायण घिमिरे र नवलपुर जिल्ला प्रतिनिधिमा छविलाल घिमिरेलाई चयन गरेको छ।

घनश्याम कँडेल (अर्जुन)को सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ एसिया प्यासेफिक संयोजक डिपी कँडेल, एशिया प्यासेफिक उपसंयोजक दीपक कँडेल, संस्थाका संस्थापक अध्यक्ष टिकाराम खरेल, पूर्व अध्यक्ष एवं संरक्षक हरिप्रसाद खराल, बिहुँकोट समाजका अध्यक्ष घनश्याम कँडेल , वामी सेवा समाजका अध्यक्ष कृष्ण शर्मा सापकोटा, अर्लाङ्गकोट सेवा समाजका अध्यक्ष गोपाल सापकोटा साथै संस्थाका संरक्षक तथा सल्लाहकारहरुले शुभकामना व्यक्त गर्नु भएको थियो
ि
अधिवेशनमा संस्थाका सचिव तेजप्रसाद खरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मेघनाथ खराल (मुकुन्द)ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो र

विभिन्न पेशा व्ययसाय तथा रोजगारीका सिलसिलामा जापान कर्मथलो बनाएका १०२ सदस्य संख्या रहेको यो संस्था सन् २०१२ मास्थापना गरिएको थियो ।

नेपालमा दैवीप्रकोप, बिरामी भई उपचार गराउन नसकेका, दीर्घकालीन रोगका कारण उपचार गराइरहेकाहरुलाई थप उपचार गराउन आर्थिक सहयोग, दुर्घटना वा भवितव्यमा परी ज्यान गुमाएकाहरुको बालबच्चाका शिक्षाका लागि अक्षयकोष स्थापना, जापान लगायत विदेशका बिभिन्न स्थानमा ज्यान गुमाएकाहरुको दाहसंस्कार तथा परिवारलाई आर्थिक सहयोग जस्ता कार्यहरु गर्दै आएको अधिवेशनमा जानकारी गराइएको थियो ।

कृष्ण खरेल (सागर)ले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका संरक्षक एवं पूर्व अध्यक्ष हरिप्रसाद खराल र संस्थापक अध्यक्ष एवं संरक्षक टीकाराम खरेललाई सम्मान गर्नुका साथै अजीवन तथा साधारण सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.