कृष्ण कँडेलको अध्यक्षतामा नवलपुर समाज नागोयाको नयाँ कार्यसमिति
नवलपुर समाज जापान, नागोया क्षेत्रिीय समितिको दोश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनले समाजको उपाध्यक्षमा रोशन गुरुङ, सचिव सशी सापकोटा, उपसचिव राजन भूषाल, कोषाध्यक्षमा सुलभ अधिकारी रहेका छन् । त्यसै गरी सदस्यहरुमा रुद्रप्रसाद गैरे, पुजा सापकोटा (काफ्ले), विपि खरेल, अनिता गुरुङ्ग , करुणचन्द्र भूषाल रहेका छन् । सल्लाहकार समितिमा निवर्तमान क्षेत्रिय अध्यक्ष अर्जुन खरेल, सुरज काफ्ले र प्रकाश गौडेल चयन भएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य एवं सल्लाहकार कविकिरण न्यौपाने, एनआरएनए जापानका कार्यसमिति सदस्य बाबुराम खरेल, गल्कोट समाजका सल्लाहकार एवं व्यवशायी यम खत्री, नेसाजका पूर्व अध्यक्ष एवं एनआरएनएका सल्लाहकार विमल अधिकारी, नवलपुर समाजका उपाध्यक्ष कृष्ण खरेल, समाजका नागोया सल्लाहकार एवं व्यवसायी सुरज काफ्ले, गोर्खा समाजका महेश अर्याल, नागोया स्थित जापनिज कलेजमा कार्यरत किरण तिवारी लगाएतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नवलपुर समाज नागोया क्षेत्रिय अध्यक्ष अर्जुन खरेलको अध्यक्षता एवं समाजका क्षेत्रीय सल्लाहकार प्रकाश गौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि नवलपुर समाज जापानका अध्यक्ष सागर कँडेलले नवलपुर समाजले गरेका सामाजिक कार्यको चर्चा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार सिपी पौडेल आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा भएकाले सहभागीहरु बाट २१ हजार येन संकलन गरिएको थियो । उक्त रकम छिटै नेपाल पठाईने वताइएको छ।
प्रतिक्रिया राख्नुहोस्