जन सरोकार

अमेरिका जान बैक ब्यालेन्स राखिदिनेहरु सावधान ! रकम लुटिनसक्छ

विदेश अध्ययन गर्न जानेहरुका लागि प्रशस्त रकम रहेको भन्दै बैंक ब्यालेन्स प्रमाणपत्र बनाउनका लागि मोटो चर्को ब्याजमा केही दिन सम्बन्धित व्यक्तिको खातामा पैसा राखिदिने पेशा मौलाइरहेका बेला यस्तै मोटो रकम ब्याजको लोभमा परेका एकजनाकोे ६० लाख रुपैयाँ ठगी भएको छ ।

प्रहरीले अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजनालाई भक्तपुर ठिमीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका २ पयुपाटा कुँवर टोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

कुँवरले काठमाडौं तार्केश्वर नगरपालिका २ बस्ने नुवाकोटकी महिलालाई अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएका थिए ।

आफू ठगिएको थाहा पाएपछि उनले प्रहरीले खबर गरेपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.