जन सरोकार

पिस एञ्जल्सको ढिकी-जाँतो मोह, शिक्षा क्षेत्रमा दिएको योगदान स्वरुप नगरप्रमुख चालिसेको अभिनन्दन

एउटा निजी विद्यालय, जसको उद्देश्य शिक्षा प्रदान गर्ने दायित्वभन्दा नाफा नाफा कमाउने उद्देश्य बढी हुन्छ त्यस्ता विद्यालयहरुको भीडमा काठमाडौंको उत्तरी भेगस्थित गोकर्णेश्वर नगरपालिकामा वडा नं. ३ मा रहेको पिस एञ्जल्स स्कूल भने पृथक छ । यहाँ आधुनिक शिक्षाका साथमा नेपाली परम्परागत मौलिक सीप र ज्ञान संगसंगै दिइन्छ ।

यही विद्यालयले नगरपालिकाको शैक्षिक विकासमा अतुलनीय योगदान दिए वापन नगरप्रमुख सन्तोष चालिसेलाई नागरिक अभिनन्दन गरेको छ । स्मरणीय के छ भने गोकणेश्वर नगरपालिका स्थानीय तहको पाठ्यपुस्तक लागू गर्ने देशकै पहिलो नगरपालिका समेत रहेको छ ।

फागुन ४ गते सरस्वती पूजाको अवसरमा नेपालमै पहिलो पटक पुस्तक दान दिवस समेत प्रारम्भ गरी विद्यालयबाट नगर प्रमुख चालिसेलाई नागरिक अभिनन्दन गरिएको हो । सोही समारोहमा विद्यालयमा स्थापना गरिएको साँस्कृतिक संग्राहलय समेत उद्घाटन गरिएको छ ।

अभिनन्दनअघि उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चालिसेले नेपाली कला, साहित्य, सिर्जनासंगै मौलिकपनको जर्गेना र संरक्षणको आरम्भ भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाकै प्रतिनिधित्व हुने गरी स्कूललाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजेश कुमार विष्टले नेपाली संस्कृतिक तथा मौलिकता झल्किने सामाग्री तथा विभिन्न साहित्यिक, ज्ञानगुणका पुस्तक समेत राखिने भएकोले पिस एन्जल्स स्कूलको बेग्लै पहिचान रहेको बताउँदै आधुनिक उपकरण भित्रिएपछि मौलिक प्रविधि हराउन लागेकाले शिक्षण सिकाईमार्फत त्यसको संरक्षणको सुरुवात गरेको जानकारी दिनुभयो ।

सो विद्यालयमा नेपाली बाजा, भेषभूषा, ढिकी जाँतो, हलो जुवा, मोही पार्ने ठेकी, लगायत लोपोन्मुख रहेका मौलिक नेपाली वस्तुहरुका साथै यस क्षेत्रकाा भाषा, साहित्यसेवीहरुका विविध सामग्रीहरु समेत संग्रहित गरिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.