जन सरोकारस्वास्थ्य

आज थपिए पाँचसय ७० जना कोरोना सङ्क्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७ सय ८९ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार २५० रहेको छ ।

पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार ३३० पुगेको छ । निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यस रोगबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ रहेको छ । अहिले होम आइसोलेशनमा १५ हजार ९७४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६६९ आइसीयुमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.