क्रिकेटखेल

स्कटल्याण्डले दियो नेपाललाई जितका लागि एक सय ७५ रनको लक्ष्य

काठमाडौंमा जारी आइसीसी विश्वकप लिग-२ अन्तरगतको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २७५ रनको लक्ष्य दिएको छ ।

नेपाली बलरहरुको कसिलो बलिङका सामु सुरुवातदेखि नै धर्मराएको स्कटल्याण्डको पारी सातौं नम्बरका ब्याट्सम्यान माइकल लिस्टले उकासेका थिए । उनले संयमित ब्याटिङ गर्दै १०७ रन बनाएपछि नेपाललाई २७५ रनको लक्ष्य दिन सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले लिस्कको १०७ रनको मद्दतमा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनायो ।

सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्तिसम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाएका हुन् ।

स्पीनरहरु कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा दबावमा परेको स्कटिस टोलीलाई सातौं नम्बरमा ब्याटिङ गरेका अलराउण्डर लिस्कले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाएर सानदार स्कोर बनाउन सफल भएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए ।

यसै गरी सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए ।

यसअघि नामिविया विरुद्ध ५ विकेट लिएका करण केसीले स्कटल्याण्ड विरुद्ध विकेट लिन सकेनन् । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६८ रन खर्चिए । ललित राजवंशीको स्थानमा खेलेका गुल्शन झाले २ ओभर मात्र बलिङ गर्दा २१ रन खर्चिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.