क्रिकेटखेल

स्कटल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको तीन देशीय श्रृङ्खलाको दोस्रो खेलमा नेपालले लिगको शीर्षस्थानमा रहेको स्कटल्याण्डलाई तीन विकेटले पराजित गरेको छ ।

श्रृङ्खलाको पहिलो खेलमा नामिबियामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पछ्याउँदै विजयी भएको नेपालले शुक्रबार स्कटल्याण्डले दिएको २७४ रनको लक्ष्य ७ विकेटको क्षतिमा ४७ ओभरमै पूरा गरेर ऐतिहासिक जित हात पारेको हो ।

आजो खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल नायक सावित भए । यी दुईको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्डलाई पराजित गरेको हो ।

दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए भने कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।

बलिङतर्फ स्कटल्याण्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले व्याटिङको गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो ।

स्कटल्याडका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् । त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे ।

यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे । क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए । नेपालले अब भोलि शनिबार नामिबियासँग खेल्नेछ ।

स्कटल्याण्डले दियो नेपाललाई जितका लागि एक सय ७५ रनको लक्ष्य

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.