सन् २०२८ मा पहिलो ‘स्पेस बेबी’ जन्मिने : आईभीएफ पद्धतिबाट अन्तरीक्षमा मानव भ्रूण तयार, पृथ्वीमा प्रसव गरिने
सन् १९६१ मा मानिस पहिलो पटक अन्तरीक्षमा पाइला टेकेर नयाँ नयाँ अनुसन्धान र परीक्षण भैरहेका बेला अन्तरीक्षमा बस्ती बसाउनेदेखि बच्चा जन्माउन योजना समेत बनेको छ ।
तर वैज्ञानिकहरुले अन्तरीक्षमा बच्चा जन्माउन सकिने कि नसकिने भन्ने रहस्य विगत ६२ वर्षयतादेखि खोजी गरिरहे पनि पत्ता लगाउन सकेका छैनन् । यद्यपि, बेलायत र नेदरल्याण्डका वैज्ञानिकहरूले चाँडै नै अन्तरीक्षमा बच्चा जन्माएर यो रहस्यमय प्रश्नको जवाफ दिने तयारी गरिरहेका छन् ।
आईभीएफ उपचारबाट बच्चाहरू जन्मिनेछन्
आइन्युजको रिपोर्ट अनुसार बेलायती वैज्ञानिकहरूले डच कम्पनी स्पेसबोर्न युनाइटेडसँगको सहकार्यमा असिस्टेड रिप्रोडक्सन टेक्नोलोजी इन स्पेस (ARTIS) मोड्युल बनाउँदैछन्। यसअन्तर्गत अन्तरिक्षमा बायो–स्याटेलाइट पठाइनेछ । यस भित्र, इन(भिट्रो फर्टिलाइजेसन (IVF) उपचार मार्फत भ्रूणको जन्म हुनेछ। यसलाई पृथ्वीमा ल्याएर महिलाको गर्भमा सारिनेछ। पृथ्वीमा जन्मिने यी बालबालिकालाई ‘स्पेस बेबीज’ भनिनेछ ।
स्पेस बोर्नका संस्थापक डा. एगबर्ट एडेलब्रोक भन्छन् यस परियोजनाको अन्तिम उद्देश्य पृथ्वी बाहिर प्राकृतिक रूपमा बच्चाहरू उत्पादन गर्नु हो । तर, त्यसअघि हामीले अन्तरिक्षमा अवस्थित प्रविधिको परीक्षण गर्नुपर्छ । यसपछि मात्र सेक्स, गर्भावस्था र अन्तरिक्षमा प्रसवमा ध्यान केन्द्रित हुनेछ।
पहिलो परीक्षण मुसामा गरिनेछ
यस परियोजनाको लागि, पहिलो परीक्षण मुसाहरूमा गरिनेछ। तिनीहरूको शुक्राणु र अण्डाहरू अन्तरिक्षमा निषेचित हुनेछन्। मोड्युलको प्रविधि परीक्षण गर्न पहिलो उडान अप्रिलमा क्यानाडाबाट उड्नेछ । अन्वेषकहरूका अनुसार इन भिट्रो फर्टिलाइजेसन ९क्ष्ख्ँ० काम गर्ने पूर्ण कार्यरत बायो स्याटेलाइट १८ देखि २४ महिनामा तयार हुनेछ।
स्पेस बोर्नमा अस्गार्डिया कम्पनीको समर्थन रहेको छ । यो कम्पनी २०१६ मा गठन भएको थियो । यसको उद्देश्य अन्तरीक्षमा विश्वको पहिलो मानव बस्ती स्थापना गर्नु हो । यस बस्तीका लागि १० लाख व्यक्ति दर्ता भइसकेको कम्पनीको दाबी छ ।
अबको ५ वर्षमा मानिसमा प्रयोग गरिनेछ
डाक्टर एडेलब्रोक भन्छन्, अबको ५ वर्षमा मानव कोषका साथ बायो स्याटेलाइटहरू अन्तरीक्षमा पठाउन सकिन्छ। साथै, अन्तरीक्षमा पहिलो मानव बच्चाको जन्म सन् २०३१ सम्म गर्न सकिनेछ । हाल यो पृथ्वीको तल्लो कक्षामा मात्र सम्भव हुनेछ। तर, यसका लागि प्रविधि र मानिसलाई निकै सावधानीपूर्वक छनोट गर्नुपर्नेछ ।
उदाहरणका लागि, गर्भवती महिलाहरु र चिकित्सा कर्मचारीहरु धेरै अनुभवी र दक्ष छनोट गरिनेछ । जसमा प्रयोग गरिने महिलाहरुसँग कम्तिमा दुई सफल सुत्केरी भएको अनुभव हुनुपर्छ । उनीहरूको शरीरमा उच्च विकिरण सहनसक्ने शक्ति पनि हुनुपर्छ।
एकैसाथ ३० जना महिला गर्भवती हुनेछन्
डा. एडेलब्रोकका अनुसार अन्तरीक्षमा बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको योजना बनाउन निकै कठिन हुनेछ । यसमा तापक्रम, मौसम वा रकेट प्रक्षेपणको अनुमानलाई ध्यानमा राख्नुपर्छ। केवल एकजना गर्भवती महिलामा मात्र प्रयोग गर्न सकिँदैन। एकैपटक करिब ३० जना महिलालाई गर्भवती बनाइनेछ ।
मुसा र मानव कोशिकामा गरिएको प्रयोगले अन्तरिक्षमा गर्भावस्था र सुत्केरीको सुरक्षाको खुलासा गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । केही वर्षभित्रमा अन्तरीक्षमा बच्चा जन्माउन थाल्नेछ र भविष्यमा मानिसले अर्को ग्रह वा पृथ्वीको बाहिरी कक्षमा गएर आफ्नो उपनिवेश बनाउन सक्ने उनको विश्वास छ ।





प्रतिक्रिया राख्नुहोस्