राजनीति

अब चोरी गरे गोकुलधाममा खड्‍ग उचाल्नु र विष्णु-विष्णु भन्‍नुु

गगन थापा

गगन थापा

बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेललाई चोख्याएर मुद्दा दायर भएकोमा नेपाली कांग्रेसका सांसद गगन थापाले मंगलबार सदनमा स्वस्थानी व्रतकथा शैलीमा व्यंग्य गर्नुभएको छ ।

सांसद थापाले सभामुखबाट बोल्ने समय पाएपछि भन्नुभयो “कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु ।”

“त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम:।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.