राजनीति

महराले सफाइ पाएको पत्र संसदमा- रोकिएको सबै सेवा सुविधा प्राप्त हुने

सोमबार जिल्ला अदालत काठमाडौंले बलात्कार उद्योगको मुद्दामा सफाई दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसदको हैसियत कायमै रहेको छ । अदालतले सफाई दिएको फैसलापत्र मंगलबार प्रतिनिधिसभामा पठाएपछि उहाँको सांसद पदवहाल भएको हो ।

काठमाडौं जिल्ला अदालतले महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको पत्र वाचन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको मंगलबार संसद बैठकलाई जानकारी गराउनुभएको हो ।

योसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको हो । अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नुहुनेछ ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिनुभएको थियो भने असोज १९ गते उहाँलाई पक्राउ गरिएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.