राजनीति

संस्कृतिले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभएको छ ।

हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रि–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ ।

“हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन, हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वका कतिपय विकृत रुपलाई हटाउँदै लैजानेमा ध्यान दिन सबैमा आग्रह समेत गर्दछु”, उहाँले भन्नुभएको छ । भगवान् शिवको प्रमुख पर्वको रुपमा मानिने महाशिवरात्रि पर्वले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि बनाउने उपराष्ट्रपति पुनको विश्वास छ । नेपाली सेना दिवस–२०७९ को अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गर्नुभएको छ ।

विश्व शान्ति स्थापनामा खेलिरहेको भूमिका र बढाइरहेको गौरवका लागि नेपाली सेनाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा नेपाली सेनाले आफूलाई सुदृढ्, सशक्त र समय सापेक्ष आधुनीकीकरण गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.