जन सरोकारस्वास्थ्य

भिआईपीको उपचार असम्भव भएपछि पुनः संचालन हुने भो वीरको बर्न वार्ड

मुलुकमा जलेर घाइते भएकाहरुको गुणस्तरीय उपचार गर्न थलो नहुँदा धेरैले ज्यान गुमाउनु परिरहेको छ । वीर अस्पतालमा सुविधासम्पन्न बर्न वार्ड रहेको भए पनि विसं २०७२ को भूकम्पले भवन भत्किएपछि सेवा बन्द भएको छ ।

जलेर घाइते भएकाहरुको उपचार हाल कीर्तिपुर अस्पतालमा हुने गरेको छ । तर, अत्यधिका जलेकाहरुको उपचारका लाग आवश्यक उपकरण तथा सुविधा त्यहाँ नभएको दृष्टान्त नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई भारत लैजान सिफारिश गरिएबाटै स्पष्ट हुन्छ ।

डा. चन्द्र भण्डारीको उपचार कीर्तिपुरमा असम्भव भएपछि उहाँलाई भारत लगिए लगत्तै नेपालको जेठो अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा वर्न वार्ड सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उहाँले भन्नुभयो, “अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।”

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.