क्रिकेटखेल

मध्यक्रमका ब्याट्सम्यानले उकासे नामिबियाको पारी, नेपाललाई दियो २७५ रनको लक्ष्य

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई नामिबियाले जितको लागि दुई सय ७५ रनको लक्ष्य दिएको छ ।

एक समय सस्तैमाा समेटिने अवस्थामा पुगेको नामिबियाका लागि मध्यक्रमका ब्याट्सम्यान जान ग्रिन र पीक्की या फ्रान्सले उत्कृष्ट प्रदर्शन गरेपछि ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो ।

नमिबियाका लागि जान ग्रिनले ७५ रन बनाए भने फ्रान्सले ४९ बनाए । यसै गरी लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले १५, १५ रन जोडेपछि नेपाललाई दुई सय ७४ रन बनाएको हो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गर्नुभएको छ । करण केसीले एक विकेट झार्नुभयो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

सिरिजका नेपाल २६ खेलबाट २२ अ।क जोड्दै छैटौँ स्थानमा छ । ३२ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ ।

सात टोली सहभागी सिरिजमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.