जन सरोकार

प्रकृति मृत्यु प्रकरण : केआइआइटीका पाँच कर्मचारी निलम्बित, विद्यार्थीलाई कलेज फर्कन आव्हान

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा सो कलेजले पाँचजना कर्मचारीलाई निलम्बित गरेको छ ।

केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुईजना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का एकजना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ ।

कलेजले उनीहरुका अतिरिक्त अन्य दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा घटनाप्रति केआइआइटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् भनिएको छ ।

कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ ।’’

यसै गरी, कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको बताउँदै नेपाली विद्यार्थीलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा रहेको विज्ञप्तिमा भनिएको छ ।

बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको फेब्रुअरी १६ आइतबार होस्टेलको कोठामा मृत्यु भएको थियो । घटनाको अनुसन्धान भैरहेको र एकजनाबिरुद्ध किटानी जाहेरी परेको बताइएको छ ।

केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : भएको के हो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.