प्रबास

१४ सय डलर प्राप्तिको सन्देश पठाएर ठगीको सञ्जाल, सचेत रहन आग्रह

संयुक्त राज्य अमेरिकाको आन्तरिक राजश्व सेवा (आईआरएस)को नाममा एक हजार ४ सय डलर पाउने भन्दै मेसेज आउने गरेको र सो मेसेजसहितको लिंकमा पहुँच पुर्याउँदा ठगीमा परेका घटना सार्वजनिक भएपछि त्यस्तो मेसेजमा पहुँच नपुर्याउन अनुरोध गरिएको छ ।

डलर

आईआरएसको जस्तो देखिने गरी ठगहरुले यस्ता सन्देश करदाताहरूलाई पठाएर उनीहरुको व्यक्तिगत जानकारी लिएर ठगी गर्ने भएकाले ती सामग्री शेयर नगर्न ‘बेटर विजनेश ब्यूरो’ले चेतावनी दिएको हो ।

अमेरिकाको संघीय निकायले यस्ता सन्देशहरू पठाउँदैन। तर अपराधीहरूले प्रलोभनसहित नक्कली सन्देशहरू पठाएर त्यसलाई सक्कली सावित गर्न अनेक प्रयास पनि गरेको पाइएको छ ।

सामान्य रुपमा हेर्दा यी ठगीका सन्देशहरू सत्य जस्तो देखिन्छन् । गत सेम्बरको अन्त्यमा कोभिड महामारीको समयमा सम्पूर्ण संघीय राहत चेक नपाएकाहरुका लागि आईआरएसले झण्डै साढे २ मिलियन डलर पठाउने बताएको थियो ।

ठगहरुले यही सूचनाको दुरुपयोग गरेर फोनमा सन्देश पठाउने गरेका छन् । महत्वपूर्ण कुरा के छ भने आईआरएसका सूचनाहरू मोबाइलमा नभएर हुलाकमार्फत पठाइन्छ ।

आईआरएसले विगतमा छुटेकाहरुलाई पठाउने राहत चेक स्वतः प्रक्रियामा हुन्छन् । ती व्यक्तिहरूलाई आईआरएसले हुलाकबाट पत्र समेत पठाएको छ, जसको अधिकांश भुक्तानी जनवरीको अन्त्यसम्म पुगिसकेको दावी छ ।

यसकारण यदि तपाईको मोबोइलमा १४ सय डलर प्राप्तिको मेसेज आएको छ भने त्यस्तो मेसेज सहितको कुनै पनि लिंकमा क्लिक नगर्न सुझाव दिइएको छ ।

त्यस्तै सो रकम ती करदाताहरूको लागि हुन् जसले आफ्नो २०२१ को कर फिर्तीमा राहत चेकको दावी गरेका थिएनन् । अहिले यो रकम पाउन कुनै कदम चाल्नुपर्दैन ।

ठगहरुले तपाईलाई १४ सयडलरको राहत चेकका लागि योग्य भएको र त्यसका लागि तपाईंले आफ्नो व्यक्तिगत जानकारी दिनु पर्ने उल्लेख गरेका हुन्छन् ।

त्यस्तै तपाईको पैसा तपाईंको बैंक खाता वा चेकमार्फत १ देखि २ दिनभित्र पठाइने भन्दै उनीहरुले व्यक्तिगत विवरणहरु माग्न सक्छन् । यदि तपाईले आफ्नो व्यक्तिगत विवरण दिनुभएमा तपाईको उक्त विवरण दुरुपयोग हुन सक्नेछ ।

आईआरएसले करदाताहरूलाई कुनै पनि सन्देश, इमेल, वा सामाजिक सञ्जाल मार्फत सम्पर्क नगर्ने भएकाले त्यस्तो सन्देश ठगी भएकाले त्यसबारे सचेत रहन सुझाव दिइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.