राजनीति

कमल थापा बने राप्रपा नेपालको अध्यक्ष

तीन राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणपछिको पहिलो महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले आफू नेतृत्वको विघटित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल घोषणा गर्नुभएको छ ।

शनिबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्नुभएको हो । घोषणसभामा अध्यक्ष थपाले वितेको पाँच वर्षमा धेरै गल्ती गरेको भन्दै माफी माग्दै पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको स्वीकार्नुभयो ।

उहाँले पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष थापाले भन्नुभयो “पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं । आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।”

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित हुनुभएको थियो । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्नु हुँदै छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो ।

तर, लिङ्देनले यस विषयमा कुनै चासो नदेखाउनुभएपछि थापाले नयाँ पार्टी गठन गर्नुभएको हो । थापा लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालको अध्यक्ष बन्नुभएको हो ।

तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराउनुभएको थियो । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी जिम्मा लगाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button