अर्थ
एक हजार एक सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजार एक सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला सुन रु एक लाख ६९ हजार ४०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि रु १५ ले बढेको छ । मंगलबार तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा एक हजार ९८५ रुपैयाँकारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्