वाग्मतीको किनारबाट मेची महाकाली सफाई अभियानको लोगो सार्वजनिक

२०७० सालदेखि हरेक शनिबार स्वयंसेवीहरुबाट हुँदै आएको वाग्मती सफाइ महाअभियानको ४०६ औ हप्ताको सम्पन्न भएको छ । शनिबार काठमाडौंको गोकर्णेश्वर उत्तरगया र मीनभवन काठमाडौंमा महाअभियान सम्पन्न भएको हो ।
यसै गरी शनिबार नै मेची महाकाली सफाई अभियानको लोगो पनि सार्वजनिक गरिएको छ । अभियानमा राष्ट्रिय सभा सदस्य तथा कलाकार कोमल ओलीको प्रमुख आतिथ्यतामा प्रमुख अभियन्ता पूर्वमुख्य सचिब लीलामणी पौड्यालको सहभागीतामा रहेको थियो । सोही समारोहमा लोगो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मेची महाकाली सफाइ अभियानका अभियन्ता बिष्णु आचार्यको बिशेष सहभागीता रहेको थियो । सभ्य नागरिकको पहिचान, सफाईमा मेरो योगदान । म मेरो बासस्थान, कर्मथलो र सार्वजनिक स्थल वरपर फोहोर गर्दिन अरुलाई पनि गर्न नदिन सचेतना फैलाउछु, म जथाभावी फोहोर फाल्दिन फोहोर राख्ने भाडो प्रयोग गर्छु जस्ता संकल्प र सचेना नारा लिएर देश सफाई अभियानमा निस्किएको मेची–महाकाली सफाई अभियानका अभियन्ताहरु देशका विभिन्न ५० स्थान सम्पन भैसकेको छ।
नेपाल–भारत सिमा मेची पुलबाट पुनः सुरु गरिएको अभियान महेन्द्रनगरसम्म आयोजना भैसकेको छ ।
वाग्मती सफाई महाअभियान के हो
यो महाअभियान २०७० जेठ ५ गते नागरिक अभियन्ताहरुको पहल नेपाल सरकार मुख्य सचिवको सचिवालयको संयोजन तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, काठमाडौं महा(नगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, स्थानीय निकाय, गायत्री परिवार, नेपाल एस।जी।आइ।, काठमाडौं इन्जिनियरिङ्ग कलेज, एस ट्राभल्स, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, पेशाकर्मी, शिक्षक समेतको सहभागितामा वाग्मती सफाइ महाअभियानको सुरुवात भएको हो ।
यो महाअभियान जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी र थुप्रै अभावका बाबजुद निरन्तर रुपमा अगाडि बढदै अहिलेसम्म करिव १० लाख स्वयंसेवकको सहभागितामा उपत्यकाका सबै नदीनालाहरुबाट करीब १५ हजार मेट्रिक टनभन्दा बढी फोहर संकलन गरी व्यवस्थापन गरिएको छ ।
यो महा अभियानले संयुक्त राष्ट्रसंघ अन्तर्गत यूएन ह्याबिट्याटको एसियन टाउन स्केप अवार्ड र अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनमा भगीरथ पुरस्कार २०१८ पाएको छ ।
वाग्मतीका किनारमा दायाँबाँया डेढ दशकदेखि गति लिन नसकेको ढल बिछ्याउने काम यसै अभियानको बलमा ८० प्रतिसत भन्दा बढी कार्य सम्पन्न भइ सकेको छ ।
यो अभियान मूलतः स्वच्छ सफा र स्वस्थ जीवनायपनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिवर्तनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अभियान हो ।
आर्थिक कारोबार नगर्ने र कुनै औपचारिक संस्थाको कानुनी स्वरूप नदिइएको यो अभियान आफैँमा एउटा विशिष्ट खालको स्वयंसेवी अभियान हो।
यो महा अभियानमा कुनै अध्यक्ष, सयोजक, कार्य समिती प्रमुख ब्यक्ती, बैक खाता, नभएको बिशीस्ठ अभियान हो । यो अभियानमा आउने सबै अभियन्ता हुन यहाँ राजनीति दलको झन्डा, एजेन्डा लिएर आउन पाईदैन कसैले त्यो गर्छ भने त्यो अभियन्ता हैन त्यो कार्यबाट सचेत छ यो अभियान।
यो अभियानमा कही कतै कसैलाई ब्यक्तीगत आछेप लगाउन पाइदैन यहाँ आउने हरेक अभियन्ता हुन त्यो अभियन्ताको शिस्टतामा रहेर कार्य गर्न पाईन्छ । यो अभियानले हरेक साता शनिबार बिहान दुई घन्टा नदी सरसफाई संगसंगै घरदैलोमा स्वयंसेवक परिचालन गरेर सरसफाइबारे जनचेतना जगाउने काम गर्छ ।
अभियान सँगै बिभिन्न कार्यक्रमका रूपमा नदी किनारामा वृक्षरोपण र बगैँचा निर्माणका लागि अन्य स्वयंसेवीलाई सहजीकरण गर्छ । वाग्मती सफाइ महाअभियान एउटा समृद्ध नेपाल नेपालीले बनाउने परिकल्पनाको जगमा सुरु भएको हो । यो अभियानले आफैँ कुनै पनि चन्दा रकम लिने र परिचालनमा सहभागी हुने काम गर्दैन ।
सरसफाइ सामग्री दाताले दिन चाहेमा नदी किनारामै सार्वजनिक समारोहमा ग्रहण गरी ती सामग्री वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मा लगाइन्छ । यस अभियानलाई चाहिने मास्क, पन्जा, डोकोजस्ता सामग्री दाताले दिएर नपुगेको हदसम्म वाग्मती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराउँछ ।
वाग्मती सफाई महाअभियानका योगदान र उपलब्धिहरु
काठमाडौँका सबै नदीमा जाने ढलको व्यवस्थापनका लागि यही अभियानको बलमा सरकारले कार्यक्रम राखेको छ ।
वर्षौदेखि अवरुद्ध ढल ब्यबस्थापन अगाडि बढाउने र अन्य नदीमा ढलको व्यवस्था गर्नमा यही अभियानको योगदानछ ।
ढलको प्रशोधनबाट मल र ऊर्जा निकाल्ने, शिवपुरी क्षेत्रमा वर्षाको पानी संकलन गरी हिउँदमा वाग्मतीमा पानीको बहाव बढाउने कार्यक्रम पनि सञ्चालनमा छ ।
नदीको बालुवा चोरी नियन्त्रण भएको छ । नदीमा फोहोर फ्याक्ने आमप्रचलन अब प्रायः रोकिएको छ ।
सार्वजनिक स्थलमा जथाभावी फोहोर गर्ने प्रवृत्तिमा व्यापक सुधार आएको छ । यो अभियानले फोहोर गर्नेलाई दण्ड गर्न सरकारी निकायलाई सघाउने र दबाब दिने दुवै काम गरेकोछ । साथै, ठोस फोहोरबाट ऊर्जा उत्पादन परीक्षण कार्यको सुरुआत काठमान्डौ महानगरपालिकाले गरिसकेकोछ ।
उपत्यकाको पूरै ठोस फोहोरबाट ऊर्जा निकाल्ने ठूलो परियोजना कार्य थालनि अन्तिम चरणमा छ । यसरी फोहोरको दिगो व्यवस्थापन, जनसहभागिता र जनचेतना, नदी तथा सम्पदा संरक्षण र पुनस्स्थापना, पूर्वाधार निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपणमार्फत सौन्दर्यीकरण र पर्यावरण संरक्षणको काम, फोहोर गर्ने तथा बालुवा चोरी गर्नेलाई दण्ड जरिवानामार्फत नियन्त्रणात्मक क्रियाकलापहरू र समग्रतामा स्वयंसेवा अभियानलाई राष्ट्रव्यापी बनाउन सफल भएको छ ।
यसका तरंगहरू राष्ट्रव्यापी भइरहँदा अभियानको बलमा उपत्यकाका १५ भन्दा बढी र उपत्यका बाहिर १०० भन्दा बढी स्थानमा सफाइ अभियान संचालनमा छन् । जब सम्म बागमती नदी ढलमुक्त हुँदैन सफा हुँदैन तबसम्म यो महाअभियान निरन्तर संचालन हुँदै जानेछ ।
प्रतिक्रिया राख्नुहोस्