राजनीति

संसद पुनःस्थापना चाहने प्रचण्ड–माधव पक्षलाई किन चाहियो सूर्य चिन्ह ?

गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले मुलुकको अग्रगमनका लागि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय मुलुकलाई पुनः अस्थिरतातिर धकेल्ने षडयन्त्र भएपछि गरेको बताउनुभएको छ ।

शनिबार विराटनगरमा नेकपाद्वारा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै गृहमन्त्री थापाले सरकारले चालेको कदम ऐतिहासिक र अग्रगामी कदम भएको र सबै निर्वाचनमा सहभागी हुने समेत बताउनुभयो ।

त्यस्तै उहाँले प्रचण्ड माधव समूह पनि भित्रभित्रै चुनावी तयारीमा लागेको दावी गर्दै यदि संसद पुनःस्थापनाको चाहना गरेका भए किन सूर्य चुनाव चिन्ह चाहियो भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो “देशमा आन्तरिक शक्तिबाट फेरि अस्थिरता उत्पन्न गर्न खोजिएको बताउँदैअवसरवादीहरु, गुटबादी तथा पदलोलुपहरुले यो स्थिति जन्माएको र यो असमान्य परिस्थितिभित्र बाह्य शक्तिले पनि खेल्न खोजेको बताउनुभयो ।

नेपाललाई अस्थिरतामा धकेलेर देशको विकास अवरुद्ध गर्ने प्रयास ती तत्वहरुको रहेको चर्चा गर्नुहुँदै गृहमन्त्री थापाले भन्नुभयो प्रचण्ड–माधव पक्षको गोयबल्स शैली सफल नहुने उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले पार्टीभित्र शुद्धिकरणको अभियान चलिरहेको बताउनुहुँदै नेता थापाले जनताकोबीचमा गएर अस्थिरता स्थायित्वमा बदल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उत्पन्न समस्यालाई लोकतान्त्रिक विधिबाट जनतालाई साथ लिएर समाधान गर्ने चर्चा गर्नुहुँदै भन्नुभयो, “अवसरवादीले फुट ल्याउन सफल भएका छन्, अव जनताको बीचमा गएर फेरि कम्युनिष्ट आन्दोलनलाई एक पार्छौं ।”

प्रचण्ड–माधव पक्ष पनि भित्रभित्रै निर्वाचनको तयारीमा लागेको बताउनुहुँदै गृहमन्त्री थापाले भन्नुभयो, “संसदको पुनस्र्थापना गर्ने हो भने किन चाहियो उनीहरुलाई सूर्य चिन्ह ? चुनावमा जाने तयारी गरेकै कारण चुनाव चिन्हको दावी गरिरहेका छन् ।

अदालतले गर्ने फैसला आफूहरुलाई मान्य हुने र अदालतले निर्वाचनकै पक्षमा फैसला दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । देशको स्वाधिनता र स्थायित्वको लागि नयाँ अभियान शुरु भइसकेको बताउनुहुँदै नेता थापाले आगामी निर्वाचनबाट सबै अवसरवादी र प्रतिगामी तत्वलाई परास्त गर्न आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button