क्रिकेटखेल

त्रिदेशीय श्रृङ्खलामा नेपालको क्लिनस्वीप, अन्तिम खेलमा स्कटल्याण्ड २ विकेटले पराजित

कप्तान रोहित र करणको सुझबुझपूर्ण ब्याटिङको मद्दतले लगभग हारको नजिक पुगेको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरी आईसीसी विश्वकप लिग-२ को त्रिदेशीय श्रृङ्खलामा क्लिनसिप गरेको छ ।

श्रृङ्खलाको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डले दिएको २१३ रनको विजयी लक्ष्य लछ्याउने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी इनिङ्सको मद्दतले कठिन जित हात पारेको हो ।

एकपछि अर्को गर्दै लगातार विकेट गुमाएको नेपालका लागि रोहितलाई अन्तिमसम्म अर्का अलराउण्डर करण केसीले उत्कृष्ट साथ दिंदै चारवटै खेल आफ्नो पक्षमा पारेर लिग२ मा नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई २१२ रनमा सिमित गरे पनि सो लक्ष्य भेट्टाउन नेपाललाई निकै कठिन भएको थियो । यसअघिका तीन म्याचमा २७५ रनभन्दाा बढीको लक्ष्य सजिलै भेट्टाएको नेपालको आजको ब्याटिङ धर्मराएको थियो ।

नेपालले ६१ रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । एक सय ३८ रन बनाउँदा आठ विकेट गुमाएको अवस्थामा नेपाली पारीलाई कप्तान रोहितकुमार पौडेल र अलराउण्डर करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि सिरिजको उपाधि सुरक्षित सम्भव भएको हो ।

दुवैबीच ७५ रनको साझेदारी भएको हो । कप्तान पौडलेले अविजित ९५ तथा केसीले ३१ रनको योगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले तीन र क्रिस ग्रेभ्ब्सले दुई विकेट लिए ।

यसअघि दुई सय १२ रन बनाउने क्रममा स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्रेन्डन म्याकुलमले ३१ तथा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२/२२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै करण केसीले तीन, ललितनारायण राजवंशी र कुशल मल्लले समान एक एक विकेट लिए । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।

यस्तै नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । लिग–२ मा नेपाल २६ अङ्कका साथ छैटौँ स्थानमा छ ।

नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ ।

यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।

सुरुवाति विकेट सस्तैमा गुमाए पनि नेपालले स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य ४४‍.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नेपाललाई विजयी गराउन कप्तान पौडेलले ९५ र करण केसीले ३१ रनमा अविजित रहँदै नेपाललाई ऐतिहासिक जित दिलाए ।

स्कटल्याण्डमाथि नेपाली बलर हावी, जितका लागि पायो २१३ रनको लक्ष्य

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.