रंगशाला निर्माणका लागि सन्दीप र उहाँको एजेण्टबाट ७० हजार रुपैयाँ सहयोग
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि क्रिकेट खेलाडी सन्दीप लामिछाने रु ७० हजार सात सय ८४ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । त्यसै गरी उहाँका एजेण्ट इसामको तर्फबाट पनि सोही रकम बराबरको आर्थिक सहायता प्रदान गरिएको छ ।
शनिबार सन्दीपले आफू र आफ्ना एजेण्टको तर्फबाट कुल १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ धुर्मुस–सुन्तली फाउन्डेशनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिनुभको थियो । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावना दूत समेत हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्