जन सरोकार

बारपाकमा एकै घरमा सुतेका तीनजना मृतावस्थामा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा आइतबार राति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले दिएको जानकारी अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी ९छोरीकी छोरी० उषा गुरुङ रहेका छन् ।



सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उहाँको भनाइ छ ।

सम्बन्धित खबर

Back to top button