स्थानीयतह निर्वाचन

निर्वाचनका लागि आठ अर्ब ९५ करोड माग

आगामी वैशाख ३० गते हुने स्थनीय तहको दास्रो निर्वाचनका लागि करीब नौ अर्ब रुपैयाँ माग भएको छ । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग निर्वाचनका लागि आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको हो ।

यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेकोआयोगले निर्वाचनमा थियो । सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभयो ।

निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ ।” निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ ।

प्रवक्ता पौडेलले आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्चिने बताउनुभयो । आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button