यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले लिभरपुललाई ५-२ ले पराजित गरेको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको दोब्बर बनाए । तर, दुई गोलले पछि परेको अवस्थामा रियलले उत्कृष्ट पुनरागमन गर्यो । खेलको २१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई २-१ को स्थितिमा ल्याए ।
त्यस्तै व्यक्तिगत दोस्रो गोल खेलको ३१ औं जुनियरले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । रियल यतिमा चुप लागेन खेलको ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियल मड्रिडलाई ३-२ को अग्रता दिलाए । त्यस्तै खेलको ५५ औं मिनेटमा करिम बेन्जिमाको गोल मार्फत रियल मड्रिड ४-२ ले अघि रह्यो । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ५-२ को सानदार जित दिलाए ।
जितसँगै रियल मड्रिड को अन्तिमआठमा पुग्ने सम्भावना बलियो बनेको छ । रियल मड्रिड र लिभरपुलबीचको दोस्रो लेग आगामी मार्च १६ मा रियलको घरेलु मैदानमा हुनेछ ।





प्रतिक्रिया राख्नुहोस्