कला/मनोरन्जनकलिउड

लोकगायक तथा अभिनेता जयनन्द लामाको निधन

प्रख्यात लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लोकगायनसंगै अभिनयमा पनि सक्रिय लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो ।

पछिल्लो समय उहाँ हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आउनुभएको थियो भने नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.