राजनीति

सहमति अनुसार एमालेले राष्ट्रपति नपाए सरकारमा बस्दैन

पुस १० गते नेकपा एमाले र माओवादी केन्द्र सहित सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार राष्ट्रपति नपाए एमाले सरकारमा नबस्ने भएको छ ।

बिहिबार एमाले सचिव योगेश भट्टराईले रुकुम पश्चिममा आयोजित पत्रकार भेटघाटमा पुस १० को सहमतिअनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताउनुभएको हो ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्दै सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदि नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो । सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको र त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ । यदि सहमति विपरीत हुने अवस्था आएमा एमाले सरकारमा रहँदैन ।”

पूर्व मन्त्री समेत रहनुभएका भट्टराईले एमाले पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको भए पनि एमालेको उम्मेदवारमा कांग्रेसले पनि एमालेको उम्मेदवारमा सहमति जनाउनुपर्ने र त्यसो भएन भने कांग्रेसले आफ्नो उम्मेदवार उठाएर राष्ट्रपतिको चुनावमा जान सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.