राजनीति

बैतडीमा राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बैतडीको दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्ने भएको छ । उहाँ यही फागुन १५ गते बैतडी जाने हुनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि नागरिक अभिनन्दन गरिनेछ ।

राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लाग्नुभएको हो ।

सम्बन्धित खबर

Back to top button