राजनीति

प्रधानमन्त्रीले राजीनामा दिएपछिको अवस्था के हुन्छ त्यो मूल्यांकन गरेर मात्रै निर्णय गरिने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतले गरेको फैसला लगायत भावी राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै सम्पन्न भएको छ ।

बैठकले सर्वोच्चको फैसलाको सम्मान गर्दै यसप्रति अनेक प्रश्न भने उठेको र प्रधानमन्त्रीको राजीनामाका विषयमा भने परिस्थिति हेरेर निर्णय गर्ने पार्टी प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, प्रधानमन्त्री ओलीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताउँदै भन्नुभयो प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन् । तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन ।

उहाँले २०६७ सालको उदाहरण दिंदै भन्नुभयो माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ । त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं ।

ज्ञवालीका अनुसार बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिंदै भन्नुभयो कतिपय फैसलाहरू अपेक्षित हुँदैनन् । तिनका परिणाम पनि राम्रा हुँदैनन् । सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू छन् । तर सर्वोच्चको फैसलालाई हामी सम्मान गर्छौं।

त्यसै गरी बैठकले सरकारले अदालतको आदेश अनुसार नै संसद अधिवेशन बोलाउने जानकारी दिंदै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीका राजीनामा तत्काल नआउने र अर्को सरकार गठनको प्रत्याभूति भएपछि मात्रै राजीनामा दिने पनि बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button