खेलफूटबल

बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाईटेड अन्तिम १६ मा

बार्सिलोनामाथि जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । बिहीबार राती भएको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना माथि २-१ को जित निकाल्दै समग्रमा ४-३ को जितसहित म्यानचेस्टर युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाईटेड अन्तिम १६ मा

यसअघि भएको पहिलो लेगमा यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए । म्यानचेस्टर युनाईटेडको घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

बार्सिलोना

तर घरेलु टोलीले दोस्रो हफान उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्यो । खेलको ४७ औं मिनेटमा म्यानचेस्टर युनाईटेडका फ्रेडले गोल गर्दै खेललाई १-१ कोबराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई २-१ को जित दिलाए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.