जन सरोकार

महिला कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन वीरगन्जमा

कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा बिहान प्रभातफेरी गरिएको छ ।

सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ ।

शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ । नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कानुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् ।

सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिनुभयो ।

बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको उक्त सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्ययोजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

त्यस्तै सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनमा महिला सहभागिता, पेशागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणापत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्ने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.