राजनीति
कांग्रेसले शनिबार राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने
राष्ट्रपतिमा दावी गर्दै आएको नेपाली कांग्रेसले भोलि शनिबार त्यसको ठुंगो लगाउने भएको छ । यसका लागि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको जानकारी दिनुभएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्