राष्ट्रपति चयनका लागि बसेको बालुवाटार बैठक निष्कर्षविहीन
राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । आआफ्ना दलबीच पुनःछलफल गरेर बैठक पुनःसाँझ ५ बजे बस्नेछ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे पुनःबैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।”
बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागिता थियो ।





प्रतिक्रिया राख्नुहोस्