राजनीति

देशको भलाईमा चल्नुपर्ने राजनीति विदेशीको इशारामा चल्न थाल्यो

पार्टी राजनीतिबाट निस्क्रिय रहनुभएका नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले मुलुकको राजनीति देश र जनताको भलाईमा चल्नुपर्नेमा विदेशीको इशारामा चल्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा डा. रावलले पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

डा. रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको समेत हस्तक्षेप बढिरहेको चर्चा गर्दै भन्नुभयो ‘देशको राष्ट्रपतिजस्तो पदमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन, राजनीतिक दलका नेताहरु यसमै रमाइलो मानेर बस्नु झन विडम्बनापूर्ण हो’।

उहाँले भन्नुभयो, देशको राजनीति राष्ट्रपतिको निर्वाचनमा जस्तो विकासका लागि तातेको भए देशमा ठूलो आर्थिक परिवर्तन आउँथ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.