राप्रपा राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने
सरकारमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा सत्तापक्षबाट हुने उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ ।
शुक्रबार राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल गर्न बसेको कार्यसम्पादन समितिको बैठकमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको हो ।
उपप्रधानन एवं जलस्रोत तथा ऊर्जा मन्त्री समेत रहनुभका अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकले राष्ट्रपतिको कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको जानकारी दिनुभयो ।
अध्यक्ष लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक फागुन २३ गते पुनः बस्ने र राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे फागुन २३ को बैठकबाट निर्णयमा पुग्ने जानकारी दिनुभयो ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार विहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ भने फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।





प्रतिक्रिया राख्नुहोस्