सर्वोच्च अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई आईसीसी विश्वकप लिग २ को पपुवा न्यूगिनी र युएई सम्मिलित श्रृङखलामा सहभागी हुन विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ ।
नाबालिकलाई करणी गरेको आरोपमा धरौटीमा छुटेका सन्दीपले विदेशमा खेल्न जाने अनुमतिका लागि सर्वोच्चमा दिएको निवेदन दिए पनि अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति नदिएको हो ।
सर्वोच्चले तत्काल आदेश नदिएर धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार पेश गर्न आदेश दिएको छ ।
लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर त्यसविरुद्ध लामिछानेले गरेको निवेदनमा उच्च अदालत, पाटनले २८ पुसमा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटाएर राष्ट्रिय टिममा राख्यो । उनले लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक श्रृङखलाको चारवटै खेलमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
सो श्रृङखला जितेपछि विश्वकपमा छनोट हुने सम्भावनाा कायमै राखेको नेपालका लागि सन्दीप बलियो हतियार रहेकाले युएईमा फागुन १५ देखि हुने श्रृङखलाका लागि सन्दीपले विदेश जाने अनमुति माग गर्दै दिवेदन दिइएको थियो ।
त्यही निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले विदेश भ्रमणको अनुमति नदिएर सन्दीप र सरकारको छुट्टाछुट्टै निवेदनलाई एकसाथ राखेर आइतबार पेश गर्न आदेश दिएको छ ।
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पनि सर्वोच्चमा निवेदन दिएको थियो । यो निवदेनको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्