जन सरोकार

कलंकीमा ट्रकको वितण्डा : दर्जन सवारीसाधनलाई ठक्कर एकको मृत्यु, आठ घाइते

सोमबार साँझ काठमाडौँको कलङ्कीमा ब्रेक फेल भएको एउटा ट्रक नियन्त्रणमा नआउँदा नौवटा सवारीसाधनलाई ठक्कर दियो । सो ठक्करबाट एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।



थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी साधनलाई ठक्कर दिएको थियो । दुर्घटनामा चितवनका ३३ वर्षका सम्शेर गरुङको मृत्यु भएको छ । ट्रक र स्कर्पिओले चेपिएर उनको मृत्यु भएको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले ती सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिनुभयो । ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् । उनीहरु मध्ये ७ जनाको शहीद मेमोरियल र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रक चालक सर्लाही बरहथवाका वीरेन्द्रकुमार शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button