जन्मनासाथ रुनुपर्ने शिशु रिसाउनुको कारण के हो ?
सामान्यतया एउटा शिशु जन्मनासाथ रुन्छ । जन्मेको बच्चाको स्वास्थ्य स्थिति ठीक छ भनी पहिचान गर्ने एउटा सूचांक जन्मनासाथ रुनु पनि हो, तर ब्राजिलमा एउटा यस्तो घटनाभयो जसले चिकित्सकहरु आश्चर्यचकित भए ।
ब्राजिलको रियो डी जेनेरियो अस्पतालमा जन्मेको एक शिशुले रुनुको साटो रिसाएको प्रतिक्रिया दिइन् । यो तस्वीर अहिले भाइरल नै बनेको छ । चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् ।
नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् ।
डेलीमेलका अनुसार १३ फरवरीमा डाइनी डे जेसस बारबोसाले नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई बोलाएकी थिइन् । नवजात शिशु रिसाएको तस्वीर उनले कैद गरे, जुन अहिले भाइरल भएको छ ।
रोड्रिगाका अनुसार शिशु जन्मेपछि रोएकी थिइनन् । चिकित्सकले शिशुलाई रुवाउन कोशिस गरेका थिए । चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन् । धेरै रिसाएको प्रतिक्रिया देखाइन् ।
उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो । नाभी काटेपछि भने उनी रुन थालिन् ।
शिशु जन्मनासाथ रुनु प्राकृतिक नियम हो । यसैबाट उसको स्वास्थ्यस्थितिदेखि भविष्यसम्मको आँकलन गर्न सकिन्छ । तर रुनुको साटो रिसाउने शिशुको स्वाभाव भविष्यमा कस्तो होला भन्ने आँकलन अहिले गर्न सकिन्न । शिशुले जन्मसाथ रोएर हातखुट्टा चलाउने गर्दछन् । तर ती शिशुले सिनेमाको पात्रले झैं चुपचाप आँखा तरेर अनुहार विगार्नु आश्चर्यको विषय बनेको छ ।