राजनीति
प्रतिबन्धित विप्लव समूहद्वारा शैक्षिक हडतालको घोषणा
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना विद्यार्थी नेताको रिहाईको माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको छ ।

विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्ष डि। बी शाहीले मंगलबार एक विज्ञप्तिमा जारी गरी भोलि बुधबार शैक्षिक हडताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।
फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्