राजनीति

एमसीसी माग गर्ने झलनाथ, ढुंगा हान्ने मलाई

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहायता परियोजना एमसीसी हिजो जसले ल्याउन बिन्ती हाले र जसले ल्याए अहिले उनीहरुले नै सडकमा ढंगा हान्न लगाइरहेको आरोप लगाउनुभएको छ ।

आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसीसी माग गरेको ओलीले दाबी दावी गर्नुभयो ।

उहाँले अहिले सरकारमा रहेर एमसीसीको बिरोध पनि गर्ने र कार्यकर्ता पठाएर बाटो भत्काउने, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्न लगाएको आरोप लगाउनुभएको छ ।

उहाँले एमसीसी नेपालमा ल्याइपाऊँ भनेर आफू प्रधानमन्त्री हुँदा निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हानिदैन, ताली बजाउँछन्, बाबुराम अगाडि बढाउँ भन्छ, ढुङ्गा हानिदैन, कृष्णबहादुर महराले ठीक छ भनेर वार्ता गर्छ, ढुङ्गा हानिदैन । यसको कारण के हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले थप भन्नुभयो “प्रचण्ड देउवा संयुक्त सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्की वासिङ्टन डिसी पुगेर सम्झौता गर्छ, ढुङ्गा हानिदैन । तर, म बाटोमा हिँड्छु, ढुङ्गा हानिन्छ, थाहा हुँदैन के भइरहेको छ भनेर ?”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.