राष्ट्रपतिमा आफ्नै नाममा राष्ट्रिय सहमति हुने नेम्वाङको दावी
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवारी मनोनयन गर्नुभएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने दावी गर्नुभएको छ ।
शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेम्वाङले आफू राष्ट्रिय सहमतिका साथ निर्वाचित हुने विश्वासका साथ उम्मेदवार भएको बताउनुभएको हो ।
आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गर्दै उहाँले स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने बताउनुभयो ।
उपाध्यक्ष नेम्वाङले सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु । आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उम्मेदवारी दिएको र स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्ने बताउनुभयो ।
उहाँले अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढङ्गले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो ।
नेम्वाङले संविधान सभा अध्यक्ष एवम् पूर्व सभामुखसमेत रहनुभएका उहाँले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताउनुभयो ।
नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहनुभएको छ भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्