क्रिकेटखेल

नेपालले दियो कुवेतलाई ३४४ रनको कीर्तिमानी लक्ष्य

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू १९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले कुवेतलाई ३ सय ४४ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल योगफल बनाएको हो ।

नेपालका लागि कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्काकोा मद्दतमा सर्वाधिक १ सय २५ रन बनाए भने अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको मद्दतमा १ सय ८ रनको शतकीय पारी खेले । विशाल विक्रम केसीले २३ तथा दिपक बोहराले १९ रनको योगदान गरे ।

कुवेतका लागि हेनरी थोमस र आर्स साहिलले २-२ विकेट तथा हैवर अली र जय मेहताले एक(एक विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ठूलो अन्तरले पराजित गरेको नेपाल समूह को शीर्षस्थानमा रहँदै विश्वकप खेल्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.