राजनीति
कसले राजीनामा दिन दवाब दिँदैछन् बालेनलाई ?
स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्थापित दलका उम्मेदवारहरुलाई ठूलो अन्तरले पराजित गर्नुभएका बालेन साहलाई राजीनामा दिन दवाव दिएको समाचार बाहिरिएको छ ।
मेयर साहले शनिबार आफ्नो फेसबुक पेजमा छोटो स्टाटस लेख्दै आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब दिएको जानकारी दिनुभएको हो ।
बालेनले लेख्नुभएको छ, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् देश कहिले पनि बन्दैन ।
मेयर साहले आफूलाई राजीनामा दिन दवाव दिएको बताए पनि कसले कहाँबाट त्यस्तो दवाव दिएको भने केही खुलाउनु भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्