क्रिकेटखेल

यू-१९ विश्वकप छनोट : कुवेतमाथि नेपालको २४३ रनको कीर्तिमानी जित

संयुक्त अरब इमिरेट्समा जारी आइसिसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतलाई ३०.५ ओभरमा १०० रनमा अलआउट गर्दै २४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा प्रतियोगिताको म्यान अफ दि म्याच बनेका आकाश चन्दले ६ विकेट लिए । उनले ९.५ ओभरमा ४३ रन खर्चिए। हेमन्त धामी र दिपेश कडेँलले २/२ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३४३ रन जोडेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले १०८ रन जोड्दा कप्तान देव खनालले १२५ रनको शतकीय पारी खेलेका थिए ।

नेपालले अब तेस्रो खेलमा फागुन १५ गते हङकङसँग खेल्नेछ। यस्तै नेपालले फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ।

छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

२ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ। नेपालले सन् २०१६ देखि यू(१९ विश्वकपमा स्थान बनाउन सकेको छैन।

सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू- १० विश्वकप गुमाइसकको छ। सन् २००० मा पहिलो पटक यू १९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.