खेल

सन्दीपले एशिया–११ टोलीबाट खेल्ने

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो ।

उक्त प्रतियोगिता बङ्गलादेशले बङ्गबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो । सो प्रतियोगिताका लागि आयोजक बङ्गलादेश क्रिकेट बोर्डले १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र कुलदिप यादव छन् । प्रतियोगिताअन्तर्गत विश्व–११ र एशिया–११ बीच दुई वटा खेल हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.