स्थानीयतह निर्वाचन

शुक्रबारसम्म ५१ दलको निवेदन आयोगमा

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने क्रम जारी छ । शुक्रबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माआवादी केन्द्र)ले निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइसकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.